राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न अन्तरिम आदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न अन्तरिम आदेश

 दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनालाई रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ । यस पहिले नै दिइसकेको आदेशलाई उच्च अदालत तुल्सीपुरले मङ्गलबारको दुईपक्षीय छलफलबाट निरन्तरता दिएको हो। 

उच्च अदालतका न्यायधिशद्वय दुर्गा बहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलमा दुबै पक्षलाई बोलाएपछिको बहसमा अन्तरिम आदेशलाई निरन्तरता दिएको जानकारी दिए । 

यसअघि अल्पकालिन अन्तरिम आदेश उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले दिएको थियो ।उच्च अदालतको अन्तरिम आदेशको निरन्तरतापछि उपकुलपति नियुक्ति प्रक्रिया  हाललाई रोकिन पुगेको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले राजीनामा दिएपछि ३ महिनादेखि प्रतिष्ठान उपकुलपतिविहीन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.