डोटीमा करेन्ट लागेर एकजनाको मृत्यु
डोटी : डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा मंगलबार करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । जोरायल गाउँपालिका-६ गावर बस्ने २८ वर्षीय खेम साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।
दिउँसो करिब २ बजेको समयमा उनलाई आफ्नै कोठामा करेन्ट लागेको थियो । बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर घाइते भएका उनलाई आफन्तले उपचारको लागि बेलुका ५ बजेतिर मिनेटमा सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएको र उपचारको क्रममा ५ बजेर २७ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !