फागुन २१ मै निर्वाचन हुनुपर्छ : पूर्वमुख्यमन्त्री सोनल
वीरगन्ज : मधेसका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते नै हुनुपर्ने बताएका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सोनलले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन समयमै हुनुपर्ने बताए।
मुलुकमा अहिले देखिएको राजनीतिक अन्यौलताको निकास दिनका लागि पनि फागुन २१ मै निर्वाचन हुनुपर्ने उनको धारणा छ। उनले भनेका छन्, 'अहिले व्याप्त राजनीतिक अन्योलताको निकास भनेकै जनताको ताजा जनादेश नै हो, निर्वाचन नै हो। त्यसकारण निर्धारित मितिमै निर्वाचन हुनैपर्छ।'
राजनीतिक दलहरू पनि फागुन २१ को निर्वाचनको तयारीमा केन्द्रित भई आ-आफ्नो दलका तर्फबाट उम्मेदवार चयनको प्रक्रियासमेत अगाडि बढाइसको भन्दै उनले यसले निर्वाचनका लागि सकरात्मक वातावरण निर्माण भइरहेको बताएका छन्। त्यसकारण अब कुनैपनि बहानामा फागुन २१ को निर्वाचन टार्न नहुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !