बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तरखर

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तरखर

गोरखा : गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ दुई आयोजना बन्ने तयारीमा छन्। १०३.०४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इन्जिनियर दुर्गेश मगरले जानकारी दिए।

दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवर्धन गर्न लागेको हो। कम्पनीले ३१ अर्ब ३२ करोड लागतमा बूढीगण्डकी ‘क’ र ५६ अर्ब ९९ करोड लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इन्जिनियर मगरले जानकारी दिए। बूढीगण्डकी ‘क’ धार्चे ३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा पावरहाउस निर्माण गर्ने योजना छ।

आयोजना रन अफ द रिभर (पीआरओआर) प्रविधिको हुनेछ। १ सय ११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इन्जिनियर मगरले बताए। सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२.७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ।

२ सय २६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे–७ खानीबेंसीमा बाँधिनेछ। त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा पावरहाउसमा विद्युत् उत्पादन गरिनेछ। रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इन्जिनियर मगरको भनाइ छ।

‘यी दुवै आयोजनाको ईआई र पीपीए भइसकेको छ’, इन्जिनियर मगरले भने, ‘भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ। आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ।’

यहाँ उत्पादन भएको र बूढीगण्डकी ‘क’ बाट प्राप्त भएको गरी ३२९.०४ मेगावाट विद्युत् १८.५ किलोमिटर टाढा धादिङको लापास्थित सबस्टेसनमा जोडिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.