फागुन २१ गते चुनाव हुन्छ, यसमा कुनै शंका छैन : गृहमन्त्री अर्याल

फागुन २१ गते चुनाव हुन्छ, यसमा कुनै शंका छैन : गृहमन्त्री अर्याल

वीरेन्द्रनगर : गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते सरकारले चुनाव गराएरै छाड्ने बताएका छन्। उनले वर्तमान सरकारको मुख्य म्यान्डेट नै आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचन रहेको स्पष्ट पारे। 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान अन्तरिम सरकार संविधानको संरक्षण र राष्ट्रिय सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ अघि बढिरहेको बताए। उनले जेनजी आन्दोलनपछि बनेको सरकार नेपालको संविधान जोगाउने मुख्य उद्देश्यसहित निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न प्रतिवद्ध रहेकोमा जोड दिए।

उनले राष्ट्रिय सुरक्षाको अवस्था समेत खतरामा परेको अवस्थामा सरकारले मूल रणनीतिका रूपमा द्वन्द्व दोहोरिन नदिने नीति लिएको बताए। त्यसका लागि निर्वाचन एकमात्र विकल्प भएको उनको भनाइ छ। ‘जेनजी आन्दोलनका क्रममा उठाइएका मुद्दाहरूलाई सम्बोधन गरिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजीहरूलाई सहिद घोषणा गरिएको छ,’ उनले भने, 'सकारले मुलुकमा सुशासन कायम गर्ने, सार्वजानिक सेवा प्रवाह प्रभावकारी रूपमा गर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने कुरामा कुनै सम्झौता गर्दैन।' 

गृहमन्त्री अर्यालले पछिल्लो समय राजनीतिक दलहरूले जेनजी पुस्तालाई आफ्नो राजनीतिमा समेट्न थालेकोमा खुसी व्यक्त गर्दै जेनजी पुस्तालाई मूलधारमा ल्याउने मान्यता सरकारको रहेको बताए। शासन व्यवस्था मजबुत बनाएर राष्ट्रिय सुरक्षामा थप चुनौती आउन नदिने प्रतिबद्धता रहेको पनि उनले दोहोर्‍याए। आगामी निर्वाचनका सन्दर्भमा गृहमन्त्री अर्यालले प्रत्येक राजनीतिक दलले निर्वाचनका लागि आन्तरिक तयारी थाल्नुपर्नेमा जोड दिए। उनले पछिल्लो समय सुरक्षा चुनौतीहरू क्रमशः कम हुँदै गएको उल्लेख गर्दै शान्ति, सुरक्षा र स्थायित्व कायम राख्न सुरक्षा निकाय, राजनीतिक दल र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.