गोरखा २ बाट निर्वाचित प्रचण्ड गोरखा १ मा सिफारिस

गोरखा २ बाट निर्वाचित प्रचण्ड गोरखा १ मा सिफारिस
फाइल तस्बिर

गोरखा : गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम आउँदो चुनावका लागि पनि गोरखाबाट सिफारिस भएको छ। निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनेका प्रचण्डको नाम आउँदो फागुन २१ गते हुन लागेको चुनावमा भने गोरखा १ बाट सिफारिस गरिएको नेकपा गोरखाका इञ्चार्ज अमर तमुले जानकारी दिए।

जिल्ला कार्यालयको बिहीबार बिहान सम्पन्न विस्तारित बैठकले गोरखा-१ बाटै हरिराज अधिकारी, जगनाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिस गरेको उनले जानकारी दिए। 

त्यस्तै प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा २ बाट नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम सिफारिस गरी पठाएको इञ्चार्ज अमर तमुले बताए।

राष्ट्रिय सभा निर्वाचनका लागि पनि नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको नाम सिफारिस गरी पठाएको छ। राष्ट्रिय सभाका लागि खोपबहादुर कँडेल, स्थिरप्रसाद खनाल, दुर्गा न्यौपाने भट्टराईको नाम सिफारिस गरिएको उनले बताए।

त्यस्तै विस्तारित बैठकले समानुपातिक उम्मेदवारका लागि पनि नाम सिफारिस गरी पठाएको पार्टीले जनाएको छ। समानुपातिक उम्मेदवारका लागि कमला नहर्की, भगवती तिवारी, छमबहादुर गुरुङ, कञ्चन कुमाल, सुदीप नगरकोटी र कविता अर्यालको नाम सिफारिस गरिएको अमर तमुले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.