पर्वतीय पथप्रर्दशक अन्तर्राष्ट्रिय माग, दक्ष जनशक्ति उत्पादनमा उदासीनता

पर्वतीय पथप्रर्दशक अन्तर्राष्ट्रिय माग, दक्ष जनशक्ति उत्पादनमा उदासीनता

काठमाडौं : सरकारले पर्यटन प्रवर्द्धनमा दक्ष जनशक्ति उत्पादनमा लगानी गर्नुपर्ने हिमालय पथप्रदर्शकहरूले बताएका छन्। राष्ट्रिय पर्वतीय पथप्रदर्शक दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित कार्यक्रम पर्वतीय पथ प्रर्दशकहरुले दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक तालिममा सरकारले लगानी गर्नुपर्ने औंल्याएका हुन्।

नेपाली गाइडको अन्तर्राष्ट्रियस्तरमा माग बढिरहेकोले सरकारले यसमा लगानी गर्नुपर्ने उनीहरूको भनाइ हो। नेपालमा हिमाल चढ्ने प्रर्यटकको संख्या बढ्दै जाँदा सुरक्षाको ज्ञान, विश्वासनी र प्राविधिक सीप भएका दक्ष नेपाली गाईडहरुको माग पनि बढिरहेको बताइएको छ।

२०६१ सालमा स्थापना भएको संघले अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक महासंघ (आइएफएमजीए) को २०६९ सालमा आधिकारिक मान्यता प्राप्त गर्दै यसको नेपाल प्रतिनिधि बनेको हो। संघले नेपालमा आइएफएमजीए गाइड कोर्स सञ्चालन गरिरहेको छ । हालसम्म संघमार्फत १०० भन्दा बढी आइएफएमजीए पथप्रदर्शक अर्थात अन्तर्राष्ट्रियस्तरको माउन्टेन गाइड उत्पादन भइसकेका छन्। आइएफएमजीए भनेको पर्वतारोहणमा विश्वकै उच्चतम अन्तर्राष्ट्रिय योग्यता हो। नेपालको आइएफएमजीए लाइसेन्स भए पछि गाइडहरूलाई सदस्य राष्ट्रहरुमा रक क्लाइमबिङ, आइस क्लाइबिङ अल्पाइन पर्वतारोहणमा नेतृत्व प्रशिक्षण र शिक्षण गर्न अनुमति दिन्छ।


‘नेपालको पर्यटनमा सम्भावना छ। अझ पर्वतारोहण पर्यटनको प्रमुख आय हो। अन्तर्राष्ट्रिय जगतमा नेपाली पथप्रर्दशकको माग छ तर हाम्रो आवश्यक जनशक्ति छैन,’ संघका अध्यक्ष तुल सीँ गुरुङले बताए। संघका अनुसार नेपाली पथप्रर्दशक वर्षेनी प्रायः यूरोप, उत्तर अमेरिका र स्क्यान्डिनेभियन मुलुकहरुमा मौसमी रुपमा काम गर्छन, जसमा हरेक वर्ष करिव १५ जना गाइड नर्वे जाने गर्छन्। सन् २०२५ को सगरमाथा आरोहण मौसममा धेरै कम्पनीहरुवाट आइएफएमजीए माउन्टेन गाइडको  माग भएको थियो तर माग पुराउन नसकिएको संघले बताएको छ। 

२०१० सालमा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहणपछि नेपालमा पर्वतारोहण सम्बन्धी गतिविधि बढेसँगै धेरै नेपालीले यस क्षेत्रमा रोजगारी प्राप्त गर्न थाले। तर त्योभन्दा करिब ५० वर्ष अगाडिदेखि नै नेपालीहरू हिमालमा काम गर्न थालिसकेका थिए। पर्वतारोहण पथप्रर्दशकमा नेपालको लामो इतिहास भए अनुसार विकास हुन नसकेको उनिहरुको भनाइ छ। कोभिड अघिसम्म नेपाल पर्वतारोहण संघले पर्वतारोहणको आधारभूत तालिममा लगानी गर्ने गरेको भएपनि कोभिडपछि भने बन्द गरेको छ। अन्तर्राष्ट्रियस्तरको पथप्रर्दशक बन्न करिब ७ वर्ष लाग्ने र करिब १७ लाख खर्च हुने संघको अनुमान छ। समय र लगानी धेरै लाग्ने भएकोले यसमा युवाहरु आकर्षित हुन नसकेको संघका महासचिव पेम्बा तेन्जीङ्ग लामा बताउँछन्  युवा लक्षित अनुदान कार्यक्रम संचालन गर्नुपर्नेमा उनको जोड छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.