कारागार व्यवस्थापन विभागको महानिर्देशकसहित १२ जिल्लाका सीडीओ सरुवा

कारागार व्यवस्थापन विभागको महानिर्देशकसहित १२ जिल्लाका सीडीओ सरुवा

काठमाडौं : गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ। गृहले केन्द्रीय व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई सरुवा गरेको हो। यसअघि उनी नुवाकोटका सीडीओ थिए।

त्यस्तै सहसचिव राजन पौडेललाई भोजपुर, सहसचिव लक्ष्मी प्रसाद पौडेललाई पर्वतको सीडीओ, सहसचिव रेखा कँडेललाई खोटाङको सीडीओ, सहसचिव शान्तिराज प्रसाईलाई प्युठानको सीडीओ र उमेश ढुंगनालाई लमजुङको सीडीओमा सरुवा गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखा, तनहुँका सीडीओ रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक, भोजपुरका सीडीओ शिवलाल तिवारीलाई तनहुँ, कञ्चनपुरका सीडीओ लक्ष्मण ढकाललाई इलाम, गृहका सहसचिव मदन कोइरालालाई कञ्चनपुरको सीडीओ, प्युठानका सीडीओ दीपकराज नेपाललाई नवलपरासी पश्चिम र गृहका उपसचिव महेन्द्रकुमार सापकोटालाई सल्यानको सीडीओमा सरुवा गरेको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.