पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नैपर्छ : गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नैपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य भइसकेको बताएका छन्। विशेष महाधिवेशन पक्षधरको पत्र बुझ्दै महामन्त्री थापाले पार्टीको विधानमै विशेष महाधिवेशनको प्रावधान रहेको र त्यो अनिवार्य भइसकेको बताए।

महामन्त्री थापाले पार्टीको १५औं महाधिवेशन नहुने स्थिति आएका कारण विशेष महाधिवेशन गर्नैपर्ने बताए। 'विशेष महाधिवेशनको स्मरण पत्र पाएका छौं। यो पत्रबारे चालु केन्द्रीय कार्यसम्पादन बैठकमा जानकारी गराउनेछौं। विधानभन्दा माथि कोही छैन। विधान नमान्ने सुविधा पनि कसैलाई छैन,' उनले भने। ४० प्रतिशत सदस्यले विशेष महाधिवेशन बोलाउन सकिने र त्यसअनुसार महाधिवेशन बोलाउनुपर्ने गगन थापाको भनाइ छ।

'पुसभित्र १५औं महाधिवेशन गरिसक्नुपर्ने थियो। तर, त्यो नगर्ने भएपछि विशेष महाधिवेशन गर्नैपर्छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.