त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता डिसहोम गो एपमा लाइभ हेर्न सकिने

त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता डिसहोम गो एपमा लाइभ हेर्न सकिने

लमजुङको सदरमुकाम बेसीशहरमा आयोजना हुन गइरहेको ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुने भएको छ। देशकै चर्चित र प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक मानिने त्रिवेणी कप यस वर्ष थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।

यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू  डिसहोम गो एप र एक्सन स्पोर्टस् एचडी१ टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिने आयोजकले जनाएको छ। यसबाट नेपालसहित विदेशमा रहेका फुटबलप्रेमी दर्शकहरूले पनि घरमै बसेर प्रतियोगिताको प्रत्यक्ष र रोमाञ्चक अनुभव लिन सक्नेछन्।

बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

त्यसैगरी, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ उपाधिसहित १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा विभागीय टिम एपीएफ एफसीसहित चर्च ब्वाइज युनाइटेड एफसी, सातदोबाटो एफसी, एनआरटी, श्री भगवती एफसी, बुद्ध युवा क्लब, सुन्दरबजार एफसी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी र त्रिवेणी युथ क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

आयोजकले सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई  डिसहोम गो र एक्सन स्पोर्टस् एचडी१ मार्फत नि:शुल्क प्रत्यक्ष प्रसारण हेर्न आग्रह गर्दै प्रत्यक्ष खेलको रोमाञ्चकता अनुभव गर्न बेसीशहर पुगेर खेल अवलोकन गर्नसमेत निमन्त्रणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.