निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस सकियो : कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस सकियो : कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस अब समाप्त भएको बताएका छन्। शुक्रबार निर्वाचन आयोगमा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना शुभारम्भ कार्यक्रममा बोल्दै उनले आयोग घोषित मितिमै देशभर एकै पटकमा र्वाचन गराउने तयारीमा धेरै अघि बढिसकेको र अब फर्किन नसकिने अवस्थामा पुगेको स्पष्ट पारे। 

उनले निर्वाचनको कुनै विकल्प नरहेको उल्लेख गरे। उनले भने, 'निर्वाचनको विकल्प निर्वाचन नै हो।' निर्वाचनको वातावरण बिथोल्ने प्रयास देखिए सञ्चारमाध्यमले बेलैमा आयोगलाई सचेत गराउनुपर्ने उनको आग्रह थियो। राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत सूक्ष्मरूपमा हेर्न आवश्यक रहेको उनको भनाइ छ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अन्तरिम सरकार गठनका क्रममा राष्ट्रपतिबाट संविधानअनुसार निर्वाचन अनिवार्य रहेको सन्देश दिइसकिएको स्मरण गराउँदै संविधानको संरक्षण र मुलुकमा सुशासन कायम गर्न निर्वाचन नै एकमात्र विकल्प भएको बताए।

‘मुलुकले थप आन्दोलन धान्न सक्ने अवस्था छैन, त्यसैले सबै नागरिकलाई निर्वाचनमा सक्रिय रूपमा सहभागी गराई सक्षम व्यक्तिहरूलाई संसदमा पठाउनु आजको साझा दायित्व हो,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.