पालिका स्तरीय खेलकुद प्रतियोगितामा खरा मावि प्रथम

पालिका स्तरीय खेलकुद प्रतियोगितामा खरा मावि प्रथम

प्यूठान : गौमुखी गाउँपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगितामा खरा माध्यमिक विद्यालय रजवाराले प्रथम स्थान हासिल गरेको छ। शनिबार सम्पन्न छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालय प्रथम भएको हो।

खरा माविले ११ स्वर्ण, ४ रजत र ५ कास्यसहित २० पदक जितेर प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ८ कास्यसहित २५ पदक जितेर गौमुखी माध्यमिक विद्यालय ठूलावेशीले द्वितीय स्थान प्राप्त गरेको हो।

अर्खा माध्यमिक विद्यालयले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी १२ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ। प्रतियोगितामा ७ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

यस वर्षको प्रतियोगितामा अमृत जीवन माध्यमिक विद्यालयले १२, महेन्द्र माध्यमिक विद्यालयले ११, भृकुटी माध्यमिक विद्यालयले ११ पदक जित निकालेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.