रसुवागढी नाका आजदेखि खुल्यो, आयात निर्यात भने जनवरी १ देखि

रसुवागढी नाका आजदेखि खुल्यो, आयात निर्यात भने जनवरी १ देखि

काठमाडौं : गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आउने भएको छ। चिनियाँ पक्षले शनिबार सूचना जारी गरेर आइतबारदेखि नाका सञ्चालनमा आउने जानकारी दिएको हो। तर, नाका खुले पनि तत्काल सवारीसाधन भने सञ्चालन हुने छैनन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आइतबारदेखि नाकामा ढुवानी गर्दै आएका सवारीचालक चीनतर्फ जान पाउने छन्। 

‘चीन प्रवेशका लागि निवेदन दिएका सवारीचालकलाई आइतबारदेखि प्रवेशका लागि चिनियाँ पक्षले अनुमति दिएको सूचना हामीलाई दिएको छ। आगामी जनवरी १ देखि एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ।’

चिनियाँ पक्षले जारी गरेको सूचनाअनुसार भोलिदेखि सीमापार ढुवानीमा संलग्न यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइनेछ। सबै विदेशी व्यापारिक प्रतिष्ठानहरूले समयमै सम्बन्धित पक्षलाई सूचित गर्नुपर्ने र नेपाली चालक तथा कर्मचारीहरूले प्रवेशअघि नै आवश्यक तयारी पूरा गरी सवारीसाधन लोडलगायत कार्य सम्पन्न गर्नुपर्ने चिनियाँले जारी गरेको सूचनामा उल्लेख छ। 

आगामी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारीसाधनको निरीक्षण गरी आवागमन अनुमति दिनेछ। यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षले जनाएको छ। जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग हुनेछ। यस अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवैतर्फबाट आवागमन नियन्त्रण गरिनेछ। जनवरीपछि चिनियाँ समयअनुसार बिहान ९ देखि १ बजेसम्म (सामान्य भन्सार समयभन्दा १ घण्टा बढी) सवारीसाधन प्रवेशका लागि खुला रहनेछ। दिउँसो २ देखि ७ बजेसम्म अस्थायी रूपमा सञ्चालन गरिनेछ।

२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको थियो। २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दे खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ। 

उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो। जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले गरेको थियो। व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएको भन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.