मोरङमा गाँजा ओसारपसारमा संलग्नलाई पक्राउ गर्न हवाई फायर, ३ सय ३० किलोसहित दुई भारतीय पक्राउ

मोरङमा गाँजा ओसारपसारमा संलग्नलाई पक्राउ गर्न हवाई फायर, ३ सय ३० किलोसहित दुई भारतीय पक्राउ

विराटनगर : मोरङमा प्रहरीले हवाई फायर गरेर शनिबार राति गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। 

प्रहरीले गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको हो। गाँजा ओसारपसार एवं कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०:३० बजेतिर हवाई फायर गरेको थियो। 

नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरेका थिए। खनाल नेतृत्वको टोली पुग्दा टाउकोमा गाँजाको बोरा राखेर भारततिर ओसारपसार गर्ने काम भइरहेको थियो। ओसारपसारमा संलग्नहरु प्रहरीलाई देख्नसाथ गाँजाको बोरा फालेर फरार भएका थिए। त्यस क्रममा प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो। 

प्रहरीले गोली चलाएर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको छ। गोली भने कसैलाई पनि लागेन। दुवै जनालाई पक्राउ गरेर बरामद भएको गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। एसपी कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको जानकारी दिए। बरामद भएको गाँजासहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए। दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। 

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छल्दै नेपाल–भारत सीमा क्षेत्र नजिक भण्डारण गरेर राख्ने र त्यहाँबाट भारत लैजाने गरिएको छ। गाँजा भारत कटाउने प्रयास हुँदै गर्दा गोली चलाउनु परेको प्रहरीले जनाएको छ। नेपालमा भन्दा मूल्य दोब्बर पर्ने भएकाले पनि अवैध गाँजा भारत पु¥याउने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ। सीमा क्षेत्रबाट हुने गरेको लागुऔषधको कारोबार नियन्त्रण गर्न निगरानी र कारबाहीलाई कडा बनाइएको जानकारी एसपी कटवालले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.