एक तोला सु्नको मूल्य २ लाख ७० हजार नाघ्यो
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।
यस्तै चाँदीको भाउ पनि आकासिएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार ३०० र चाँदी ४ हजार ४०० रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस !