प्रेम विवाह गरेको निहुँमा दुई पक्षबीच कुटाकुट, एक जना गम्भीर घाइते

प्रेम विवाह गरेको निहुँमा दुई पक्षबीच कुटाकुट, एक जना गम्भीर घाइते

सिरहा : सिरहाको सुखीपुर नगरपालिका-६ खरही टोलमा प्रेम विवाह गरेको निहुँमा दुई पक्षबीच कुटाकुट भएको छ। घटना भएको २४ घण्टा बितेपनि प्रहरीले छानबिनमा ध्यान नदिएको पीडितहरूको आरोप छ।

कुटपिटबाट प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन्। उनको उपचार अहिले विराटनगरको गोल्डेन अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ। राजकिशोरको बुबा शिव कुमार पनि घाइते भएका छन्।

दुई वर्षअघि नै राजकिशोरले गाउँकै रामकरण यादवको छोरीसँग प्रेम विवाह गरेका थिए। विवाह गरेदेखि आजसम्म उनीहरू गाउँ फर्केर आउन पाएका छन्।

छोराले किन प्रेम विवाह गरेको भनेर उनको घरपरिवारका सदस्यहरूलाई शनिबार १०/११ बजे दिनमै धारिलो हतियार प्रयोग हुल बनाएर गरि कुटपिट गरेका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको छ।

एक स्थानीयका अनुसार प्रेम विवाह गरेका केटा पक्षका घरपरिवार गरिब र केटी पक्ष धनी छ। विवाह गरेर डरले अहिलेसम्म गाउँ फर्केका छैन। उनीहरूको एक बच्चा पनि भएको छ। घटनापछि घरमा रहेका सदस्यहरू पनि त्रसित रहेको उनले सुनाए। प्रहरी-प्रशासनले ढिलाइ गर्दा पीडित झन अशान्त बनेको ती स्थानीयले बताए।

राजनीति दबाबका कारण प्रहरीले ढिलाइ गरेको उनीहरूको आरोप छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रमेश बहादुर पालका अनुसार घटना बारे छानबिन भइरहेको बताएका छन्। दुवै पक्षका व्यक्ति घाइते भएको उनले सुनाए।

पीडित पक्ष अहिले त्रसित रहेको र गाउँमा प्रहरी नआएको प्रश्नमा डीएसपी पालले आफूहरू उनीहरूसँग किन भेट्ने भनेर जवाफ फर्काएका छन्। आरोपित रामकरण फरार रहेको र खोजी भइरहेको बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.