विराटनगरको पेट्रोलपम्पका सञ्चालक ६ लाख रूपैयाँसहित पक्राउ

विराटनगरको पेट्रोलपम्पका सञ्चालक ६ लाख रूपैयाँसहित पक्राउ
बरामद भएको रकम र नियन्त्रणमा लिइएको कार ।

विराटनगर : भारतबाट अवैध रूपमा रकम ल्याएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर–६ का ४९ वर्षीय अरविन्द अग्रवाल स्रोत नखुलेको ६ लाख रूपैयाँसहित आइतबार बिहान ११:३० बजेतिर अग्रवाललाई पक्राउ गरेको हो । 

अग्रवाल सुनसरी ट्रेडिङ सेन्टर नामक पेट्रोलपम्पका सञ्चालक रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपाल प्रवेश गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको सेतो कारलाई प्रहरीले निगरानी गरिरहेको थियो । रानीबाट विराटनगरतर्फ आउँदै गरेको उक्त कार सुनसरी ट्रेडिङ सेन्टर (पेट्रोलपम्प) अगाडि रोकियो । 
कारबाट ओर्लिएर कालो प्लास्टिकको पोका बोकी पेट्रोलपम्पको अफिसतर्फ भाग्न खोज्दा अग्रवाललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार अग्रवालको साथबाट स्रोत नखुलेको १ हजार दरका ४ सय थान, ५ सय दरका ३ सय ६० थान र १ सय दरका २ सय थान गरी जम्मा ६ लाख रुपैयाँ बरामद भएको छ । 

बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुन सक्ने प्रहरीको अनुमान छ । अग्रवाल, उनी सवार कार र बरामद गरिएको नगदमाथि अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.