पुराना दलको पुरानै पारा,  नयाँले समेटे अधिकांश नयाँ

पुराना दलको पुरानै पारा,  नयाँले समेटे अधिकांश नयाँ

काठमाडौं : कांग्रेस र एमालेले पटक–पटक अवसर पाइसकेकालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार बनाएका छन्। निर्वाचन आयोगमा दलहरूले बुझाएका समानुपातिकतर्फका बन्दसूचीमा आफन्त, नातागोता र अवसर पाइसकेकालाई समानुपातिकको उम्मेदवार बनाएका छन्। नेपाली कम्युनिस्ट पार्टी र रास्वपालगायतका दलले भने अधिकांश नयाँ अनुहारलाई समेट्ने प्रयास गरेका छन्। 

कांग्रेसले अर्जुन नरसिंह केसी, भीष्म आङदम्बे, भीमसेन दास प्रधानलाई समानुपातिक उम्मेदवार बनाएको छ। कांग्रेसले मंगलबार बुझाएको सूचीमा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेललाई पनि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ। 

प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम रहेको छ। उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन्। उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन्। कांग्रेसले ०६४, ०७०, ०७४ र ०७९ को चुनावमा समानुपातिक सांसद भएकालाई भने यसपटक समानुपातिक उम्मेदवार बनाएको छैन। 

एमालेले विगतका आमनिर्वाचनमा समानुपातिकमा अवसर पाएकालाई अपवादबाहेक नदोहो‍¥याउने नीति लिएको थियो। तर, यसपटक पनि वरिष्ठ नेता र पहिले अवसर पाइसकेकालाई समानुपातिकमा दोहो‍¥याएको छ। एमालेले उपाध्यक्ष रामबहादुर थापासहित विगतमा समानुपातिकबाट सांसद भइसकेका कोमल वली, निरु पाल, शान्ता चौधरीलगायतलाई समानुपातिक सांसदका उम्मेदवार बनाएर आयोगमा सूची बुझाएको छ। यद्यपि, समानुपातिकतर्फका उम्मेदवारको एमाले सूची पूर्णरूपमा सार्वजनिक भएको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घराना, सेलिब्रेटी तथा स्थापित प्रभावशाली अनुहारहरूको वर्चस्व देखिएको छ। १ सय १० जनाको सूचीमा उद्योग–व्यवसायदेखि मनोरञ्जन क्षेत्रका चर्चित नामहरूको बाक्लो उपस्थिति छ।

नयाँ दलले मात्रै नभई पुरानाले पनि यसपटक समानुपातिकतर्फ उम्मेदवार छनोटमा केही सुधार गरेकाले नयाँ अनुहार सूचीमा परेका हुन्। दलहरूले जेन–जी आन्दोलनलाई सम्बोधन गर्न अवसर नपाएका, नयाँ तथा युवा प्रतिनिधित्वलाई प्राथमिकतामा राखेर उम्मेदवार छनोट गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.