स्कुटर दुर्घटनामा एकजनाको मृत्यु,अर्का घाइते

स्कुटर दुर्घटनामा एकजनाको मृत्यु,अर्का घाइते

विराटनगर : विराटनगरमा मंगलबार राति स्कुटर दुर्घटनामा परेर एकजना भारतीय युवकको मृत्यु भएको छ । अर्का भारतीय युवक घाइते भएका छन् ।  प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित देउराली होटलअगाडि बीआर ३८ एम ११७८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर राति १०:२० बजेतिर दुर्घटनामा परेको हो । विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मोहमद राजाको मृत्यु भएको छ । 

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा स्कुटर चालक राजा र पछाडि सवार अररिया छोटी मस्जिद बस्ने २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका थिए ।

घाइते दुवैजनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याउनसाथ राजालाई चिकित्सकले मृत घोषित गरिदिएको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए । 

घाइते अवस्थाका इमरानको उपचार जारी छ । स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छ । इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.