केन्द्रीय सदस्यमा पराजित घिमिरेले छाडे एमाले

केन्द्रीय सदस्यमा पराजित घिमिरेले छाडे एमाले

बुटवल : नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका बासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनी विघटित प्रतिनिधिसभा सदस्य समेत हुन् । 

रुपन्देही क्षेत्र नम्बर ५ बाट घिमिरेले एमालेबाट चुनाव जितेका थिए । तिलोत्तमा नगरपालिका रुपन्देहीको पूर्व नगरप्रमुख समेत रहेका घिमिरे नगरपालिकाको नेतृत्व गर्दा राम्रो काम गरेकै कारण प्रतिनिधिसभामा विजयी भएका थिए । उनी एमालेको पूर्व लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । जेनजी आन्दोलनमा घिमिरेको तिलोत्तमा नगरपालिकास्थित ड्राइभरटोलमा रहेको टुलिप होटल र घर जलेको थियो । उनी निकट स्रोतका अनुसार घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारी छ । 

पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले एमाले परित्याग गरेको उनले लेखेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.