पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश

पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश

काठमाडौं : विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिएको छ। बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित लिची बगान जग्गा घोटाला प्रकरणमा गुप्तासहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमा तत्कालीन भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण रन्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी/बिचौलिया सुजनकुमार लामा (तामाङ), खेम भन्ने खमबहादुर पुन, यामकुमारी गुरुङ र तुलसीराम बुढामगर छन्।

तत्कालीन मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी डिल गरेको अडियो सार्वजनिक भएको थियो। २०८२ असार २८ गते बिचौलियासँग भएको अडियो संवाद सार्वजनिक भएको थियो। बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्नका लागि तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन आग्रह गरेको अडियोमा सुनिन्छ। ९ मिनेट १३ सेकेन्डको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.