प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.०४ अंकले बढेर २६३४.८१ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४६ वटा स्क्रिप्सको ६ हजार ६१३ कित्ता सेयर ६५ लाख ३ हजार १० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !