ललितपुरमा समानुपातिक मत घट्न सक्ने कांग्रेसलाई असन्तुष्ट पक्षको चेतावनी

ललितपुरमा समानुपातिक मत घट्न सक्ने कांग्रेसलाई असन्तुष्ट पक्षको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीनवटै क्षेत्रले असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एकजनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रिका सभापतिहरुले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन्। 

उनीहरूले सूची संशोधन गर्ने म्यादभित्र ललितपुरबाट कम्तीमा प्रत्येक क्षेत्रबाट एकजनाको दरले तीनजनाको नाम सिफारिस गर्न माग गरेका छन्। आफ्नो मागको सुनुवाई नभए ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा जिम्मेवार नहुने चेतावनी दिए। 

असन्तुष्ट समूहको ध्यानाकर्षण बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ध्यानाकर्षणका विषयमा पार्टी नेतृत्वलाई जानकारी गराइने बताए। उनले पार्टीको महाधिवेशनको तयारीका बीच हतारमा समानुपातिक सूची बनाउँदा केही कमजोरी भएको हुनसक्ने भन्दै यसका कारण आगामी निर्वाचन पार्टीको भूमिकालाई कमजोर हुने काम नगर्न आग्रह गरे।

कांग्रेस ललितपुरका तीनवटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरूले राखेको विषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.