विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ

काठमाडौं : अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ। विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन्। 

नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरेको विभागले जनाएको छ। उक्त सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले अध्यागमन सुधारको रणनीतिक योजना अन्तर्गत विदेशी नागरिकहरूको नेपाल बसाइको सूचना व्यवस्थापनलाई नतिजामुखी बनाउन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए।

उनले सूचना प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरूको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजी कार्यमा सहजीकरण गर्न सहयोग पुग्ने बताए।

त्यस्तै नेपालमा विदेशी नागरिकहरूको अवाञ्छित गतिविधिमा निगरानी गरि विविध अपराधहरूको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकाससमेत नयाँ प्रणाली प्रभावकारी हुने उनको विश्वास छ।

गृहमन्त्री अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागेको समेत बताए।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलमा अनिवार्यरूपमा उक्त प्रणाली लागू गर्ने र दुई महिनाभित्र देशका सबै सरोकारवाला निकायमा लागू गर्ने जानकारी दिए।

यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने, आगन्तुकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.