१२ वर्षीया अंशुको हत्या आरोपी कारागार चलान

१२ वर्षीया अंशुको हत्या आरोपी कारागार चलान

विराटनगर : मोरङको लेटाङ नगरपालिका–२ फँडानीकी १२ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या गरिएको घटनाका मुख्य आरोपीलाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश टंकबहादुर महतको इजलासले ५९ वर्षीय पदमबहादुर अधिकारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न बिहीबार आदेश दिएको हो।

आदेशपछि अधिकारीलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। उनका अनुसार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीको थुनछेक बहसपछि प्रतिवादी अधिकारीलाई मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्न आदेश भएको हो। 

अदालतको आदेशपछि अधिकारी कारागार चलान भएका छन्। असोज २१ गते हराएकी अंशुको शव टाउको र शरीर अलग भएको बीभत्स अवस्थामा कात्तिक ७ गते जंगलमा फेला परेको थियो। अंशुको हत्या आरोपमा प्रहरीले मंसिर १८ गते पदमबहादुरलाई पक्राउ गरेको थियो। जग (जस्टिस फर अंशु गौतम) अपरेसन चलाएर पक्राउ गरिएका अधिकारीलाई अंशुको बलात्कारपछि हत्या भएको निष्कर्षसहित प्रहरीले मंसिर २१ गते सार्वजनिक गरेको थियो।

प्रहरीका अनुसार अंशुको शवको अवस्था अत्यन्तै विभत्स र हृदयविदारक थियो। दुई टुक्रा पारिएको र सडिसकेको अवस्थामा शव फेला परेपछि यो घटनाले स्थानीय स्तरमा ठूलो आक्रोश र त्रास पैदा गरेको थियो। अंशुका बुबा नवीन गौतमले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले अधिकारीविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरेको थियो।

अनुसन्धान सकिएपछि प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएसँगै सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा मुद्दा दायर गर्‍यो। सूचना अधिकारी बुढाथोकीका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अधिकारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतबाट आदेश भएको हो। अब अन्तिम सुनुवाइपछि जिल्ला अदालतले मुद्दाको किनारा लगाउने छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.