भीमफेदीको जुरिखेतमा सुमो दुर्घटना हुँदा ९ जना घाइते, ७ को अवस्था गम्भीर
हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जसमध्ये ७ जना गम्भीर घाइते भएको बताइएको छ।
आइतबार साँझ साढे ५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएको छ। जसमध्ये ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका छन्। घाइते भएका ९ जनामध्ये ७ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !