प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.४० अंकले बढेर २६४०.७७ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ५० वटा स्क्रिप्सको ५ हजार ४५ कित्ता सेयर ३० लाख ७८ हजार १०८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !