कांग्रेस र एमालेसँग चुनाबी गठबन्धन हुँदैन : प्रचण्ड

कांग्रेस र एमालेसँग चुनाबी गठबन्धन हुँदैन : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताएका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीनवटा सिट लिने गरी अन्य दलसँग तालमेल गर्ने सहमति नभएको बताए। 

उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे। संयोजक प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने स्पष्ट पारे। रवि लामिछानेलाई आफूले अप्ठ्यारो अवस्थामा पनि साथ दिएको र आफ्नै मन्त्रिपरिषद्मा पनि दुई पटक गृहमन्त्री बनाएको भन्दै प्रचण्डले रवि र बालेनबीचको गठबन्धनबाट डराउनुपर्ने अवस्था नरहेको बताए।

प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकता सभाका लागि भारत भएको भन्दै भारतमा भएको भेटघाट औपचारिक नभएको धारणा राखे। 

त्यस्तै नेकपाले राष्ट्रियसभामा तालमेलका बारेमा निर्णय गर्ने जिम्मा पार्टी संयोजक र सह-संयोजकलाई दिने निर्णय गरेको छ। पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागितामा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकले आवश्यकताका आधारमा राष्ट्रियसभामा तालमेलका बारेमा निर्णय गर्ने जिम्मा पार्टी संयोजक र सह-संयोजकलाई दिने निर्णय गरेको नेकपा नेता प्रकाश ज्वालाले जानकारी दिए। 

सम्मानजनक सहमति भए कांग्रेस, एमाले र मधेश केन्द्रित दलसहित राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेर जाने निष्कर्ष बैठकले निकालेको उनले बताए। ज्वालाले राष्ट्रियसभामा मतभारको अवस्थाका आधारमा पार्टीले पाउनुपर्ने संख्यामा सहमति गरेर जान नेतृत्वलाई सुझाव दिइएको उल्लेख गरे। 

प्रतिनिधिसभा निर्वाचनका लागि भने आफ्नै पहिचानमा लड्ने तयारमा पार्टी रहेको उनले बताए। बैठकले पुस २९ गतेसम्म संगठनात्मक संरचना तयार गर्ने र पुस २९ नै केन्द्रीय समितिको सपथ ग्रहणसहितको पहिलो बैठक बस्ने निर्णय गरेको ज्वालाले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.