८९ ज्येष्ठ नागरिकले पुनः पाए आँखाको ज्योति

८९ ज्येष्ठ नागरिकले पुनः पाए आँखाको ज्योति

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारामा भएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा ८९ जना ज्येष्ठ नागरिकले आँखाको ज्योति पुनः प्राप्त गरेका छन्।

चौतारा साँगाचोकगढी नगरपालिकाले पुस २० र २१ गते दुई दिनसम्म निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो। शिविरमा ५१ वर्षदेखि ९४ वर्ष उमेर समूहका नागरिकहरूको शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वमा आएको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि आँखाले देख्न थालेपछि उनीहरू खुसी देखिएका छन्। 

नगर भित्रका नागरिकको आधारभूत अधिकारका रूपमा रहेको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यका साथ मंसिर २७ गतेदेखि नगरका १४ वडाभित्र रहेका २० वटा स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य शिविर गरिएको बताउँदै नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले शिविरमा १ हजार ७ सय ७८ जनाको आँखा जाँच गरिएको जानकारी दिए। ‘नगरले वडा वडामा गरेको  शिविरमार्फत आँखा जाँचका क्रममा पहिचान भएका ८९ जना नागरिकहरूको सफल शल्यक्रिया गराएर आँखाको ज्योति फर्काउन सफल भएका छौं’, उनले भने। शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूलाई नगरपालिकाले आफ्नै खर्चमा चौतारामा ल्याई शल्यक्रिया गरेको हो।

नगरपालिकाले गत वर्ष पनि नगरभित्रका नागरिकलाई लक्षित गर्दै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा सञ्चालन गरेको थियो। नगर स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित  शिविर प्रभावकारी बनेपछि यस वर्ष पनि निरन्तरता दिइएको चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले बताइन्। स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध हुँदा उपचारका लागि टाढा जानुपर्ने र पैसा नहुनेहरुको लागि सजिलो भएको उनको भनाई छ।

मोतिबिन्दुको शल्यक्रिया भरपर्दो हुँदैन भन्ने आम नागरिकको मनोभावनाबाट बाहिर निस्कन र स्थानीय सरकारको घरदैलो सेवा लिन उपप्रमुख थापाले अनुरोधसमेत गरिन्। शिविरमा जुगल गाउँपालिकाबाट समेत ३० जना ज्येष्ठ नागरिक मोतिबिन्दु शल्यक्रियाका लागि सहभागी भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.