सुदूरपश्चिममा राष्ट्रिय सभाका लागि एमाले - कांग्रेसविरुद्ध नेकपाको उम्मेदवारी

सुदूरपश्चिममा राष्ट्रिय सभाका लागि एमाले - कांग्रेसविरुद्ध नेकपाको उम्मेदवारी
तस्बिर : अन्नपूर्ण

धनगढी : राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा कांग्रेस- एमालेको गठबन्धनविरुद्ध नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी दिने भएको छ । नेपाली कांग्रेसबाट खम्मबहादुर खाती र नेकपा एमालेबाट लिला भण्डारीको उम्मेदवारी तय भएसँगै नेकपाले पनि छुट्टै उम्मेदवारी दिने भएको हो ।

सुदूरपश्चिमा महिला समूहबाट एकजना र अन्य समूहबाट एकजनाको पद रिक्त थियो । महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वारको पदावधी सकिन लागेको हो । दुबैजना ६ वर्षअघि कांग्रेसबाट निर्वाचित भएका थिए । 

कांग्रेस र एमालेले चुनावी तालमेल गर्दा महिला समूहबाट एमालेकी लीला कुमारी भण्डारी र कांग्रेसबाट खातीको उमेदवारी पर्ने निश्चित भएको छ । समाचार तयार पारुन्जेलसम्म कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । कांग्रेसका खाती काठमाडौंबाट धनगढी आउँदै गरेकाले सँगै उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

उता नेकपाले भने महिला समूहबाट साविकको नेकपा समाजवादी निकट रहेकी रोजी बस्तेत सुनार र अन्य समूहबाट माओवादी निकट रहेका व्यवसायी टीकाराम जैशीले उमेदवारी दिने भएका छन् । नेकपाका केन्द्रीय सदस्य लक्षिराम आचार्यले दुवैजनाको उम्मेदवारीको तयारी भइरहेको बताए ।

सुदूरपश्चिममा ८८ स्थानीय तह र ५३ प्रदेश सभा सदस्य छन् । तर, तत्कालिन नेकपा समाजवादीका प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीलाई भ्रष्टाचार मुद्दा लागेकाले राष्ट्रिय सभा निर्वाचनमा ५२ जनाले मात्रै मतदान गर्न पाउनेछन् भने स्थानीय तहतर्फ बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई पनि भ्रष्टाचार मुद्दा लागेकाले उनी पनि निलम्बनमा छिन ।

सुदूरपश्चिममा एक प्रदेश सभा सदस्य र एकजना स्थानीय तहका पदाधिकारी बाहेकले मत हाल्नेछन् । स्थानीय तहका पदाधिकारीको १९ र प्रदेश सभा सदस्यको ५३ मतभार रहेको छ । 

निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा ८८ स्थानीय तहको  ३३ सय ४४ र ५३ प्रदेश सभा सदस्यको २८ सय ९ गरि २२९ जना मतदाताको ६१ सय ५३ मतभार रहेको छ । त्यसमा निलम्बित २ जनाको मतभार घटाउँदा अहिले सुदूरपश्चिममा राष्ट्रिय सभाका लागि ६ हजार ८१ मतभार रहेको छ ।

पार्टीगत रुपमा हेर्ने हो भने कांग्रेसको ८६ स्थानीय तहका प्रमुख/उपप्रममुख र १८ जना प्रदेश सभा सदस्य गरी २५ सय ८८ मतभार छ । यस्तै एमालेको ५० स्थानीय तह प्रमुख/उपप्रमुख र ११ जना प्रदेश सभा सदस्य गरी १५ सय ३३ मतभार रहेको छ । गठबन्धनको मात्रै ४१ सय २१ मतभार रहेको छ ।

नेकपाभित्र साविकको माओवादी केन्द्रको २५ स्थानीय तह प्रमुख/उपप्रम्ख र ११ प्रदेश सभा सदस्य गरी १ हजार ५८,नागरिक उन्मुक्ति पार्टीको ७ स्थानीय तह र ७ प्रदेस सभा सदस्य गरी ५०४, नेकपा एसको ५ स्थानीय तह र ४ प्रदेश सभा सदस्य गरी ३०७, राप्रपा एक प्रदेश सभा सदस्य गरी ५३ मतभार र स्वतन्त्रको स्थानीय तह ३ र प्रदेश सभा सदस्य १ गरी ११० मतभार रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.