सुदूरपश्चिममा एमाले र कांग्रेसले गरायो उम्मेदवारी दर्ता

सुदूरपश्चिममा एमाले र कांग्रेसले गरायो उम्मेदवारी दर्ता
तस्बिर : अन्नपूर्ण

धनगढी : राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा  नेकपा एमाले र नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ। एमालेका तर्फबाट लिला कुमारी भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्। प्रस्तावकमा प्रदेशसभा सदस्य धर्मराज पाठक र समर्थकमा प्रदेशसभा सदस्य सन्तोषी थापा शर्मा रहेका छन्।

यसैगरी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका खम्बबहादुर खातीले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा प्रदेश सभा सदस्य पदम बहादुर शाही र समर्थकमा एमालेबाट प्रदेश सभा सदस्य चक्र बहादुर मल्ल रहेका छन्।

राष्ट्रिय सभाका लागि  एमाले, कांग्रेस र जसपाबीच चुनावी तालमेल भएको छ।  राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.