राष्ट्रिय सभा निर्वाचन

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धनसहित नेकपाका चारजनाको उम्मेदवारी दर्ता

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धनसहित नेकपाका चारजनाको उम्मेदवारी दर्ता
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट चारजनाको उम्मेदवारी परेको छ । रिक्त २ सिटका लागि नेपाली कांग्रेस र एमाले गठबन्धनबाट दुईजना र नेपाली कम्युनिष्ट पार्टीबाट दुईजना गरी चारजनाको उम्मेदवारी परेको हो ।

कांग्रेस एमाले गठबन्धनबाट नेपाली कांग्रेसका खम्म बहादुर खाती र नेकपा एमालेबाट लिला कुमारी भण्डारीको उमेदवारी परेको छ । खातीको प्रस्तावकमा कांग्रेसबाट प्रदेश सभा सदस्य पदम बहादुर शाही प्रस्तावक र नेकपा एमालेका प्रदेश सभा सदस्य चक्र बहादुर मल्ल समर्थक रहेका छन् ।

यस्तै लीला कुमारी भण्डारीको उम्मेदवारीमा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठक समर्थक र एमालेकै प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा थापा समर्थक रहेका छन् । सुदूरपश्चिमा महिला समूहबाट एकजना र अन्य समूहबाट एकजनाको पद रिक्त थियो । महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वारको पदावधी सकिन लागेको हो । दुबैजना ६ वर्षअघि नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । 

उता नेकपाले भने महिला समूहबाट साविकको नेकपा समाजवादी निकट रहेकी रोजी बस्नेत सुनार र अन्य समूहबाट माओवादी निकट रहेका व्यवसायी टीकाराम जैशीले उम्मेदवार बनाएको छ।

सुदूरपश्चिममा ८८ स्थानीय तह र ५३ प्रदेश सभा सदस्य छन् । तर, तत्कालिन नेकपा समाजवादीका प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीलाई भ्रष्टाचार मुद्दा लागेकाले राष्ट्रिय सभा निर्वाचनमा ५२ जनाले मात्रै मतदान गर्न पाउनेछन् भने स्थानीय तह तर्फ बेल्डाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई पनि भ्रष्टाचार मुद्धा लागेकाले उनी पनि निलम्बनमा छिन ।

सुदूरपश्चिममा एक प्रदेश सभा सदस्य र एकजना स्थानीय तहका पदाधीकारी बाहेकले मत हाल्नेछन् । स्थानीय तहका पदाधीकारीको १९ र प्रदेश सभा सदस्यको ५३ मतभार रहेको छ । 

निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा ८८ स्थानिय तहको  ३३ सय ४४ र ५३ प्रदेश सभा सदस्यको २८ सय ९ गरी २२९ जना मतदाताको ६१ सय ५३ मतभार रहेको छ । त्यसमा निलम्बित २ जनाको मतभार घटाउँदा अहिले सुदूरपश्चिमा राष्ट्रिय सभाका लागि ६ हजार ८१ मतभार रहेको छ ।

पार्टीगत रुपमा हेर्ने हो भने कांग्रेसको ८६ स्थानीय तहका प्रमुख/उपप्रममुख र १८ जना प्रदेश सभा सदस्य गरी २५ सय ८८ मतभार छ । यस्तै एमालेको ५० स्थानीय तह प्रमुख÷उपप्रमुख र ११ जना प्रदेश सभा सदस्य गरी १५ सय ३३ मतभार रहेको छ । गठबन्धनको मात्रै ४१ सय २१ मतभार रहेको छ ।

नेकपा भीत्र साविकको माओवादी केन्द्रको २५ स्थानीय तह प्रमुख/उपप्रम्ख र ११ प्रदेश सभा सदस्य गरी १ हजार ५८, नागरिक उन्मुक्ति पार्टीको ७ स्थानीय तह र ७ प्रदेस सभा सदस्य गरी ५०४, नेकपा एसको ५ स्थानीय तह र ४ प्रदेश सभा सदस्य गरी ३०७, राप्रपा एक प्रदेश सभा सदस्य गरी ५३ मतभार र स्वतन्त्रको स्थानीय तह ३ र प्रदेश सभा सदस्य १ गरी ११० मतभार रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.