राष्ट्रिय सभा निर्वाचन

लुम्बिनी प्रदेशमा कांग्रेस-एमालेबाट संयुक्त उम्मेदवारी

लुम्बिनी प्रदेशमा कांग्रेस-एमालेबाट संयुक्त उम्मेदवारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दाङ : राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस-नेकपा एमालेबाट संयुक्त तीनजनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति अनुसार कांग्रेसबाट चन्द्रबहादुर केसी,बासुदेव घिमिरे ‘जंगली’ र एमालेबाट रामकुमारी झाक्रीको उम्मेदवारी परेको हो । 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङको लमही नगरपालिका-२ निवासी घिमिरेले अपाङ्ग, केसीले अन्य  र झाक्रीले महिला कोटामा उम्मेदवारी दर्ता गराएका  हुन् । घिमिरेको प्रस्तावमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री र समर्थकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी रहेका छन् । 

गुल्मी रेसुङ्गा नगरपालिका-३ निवासी केसीको प्रस्तावकमा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत,झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख  नरुलाल चौधरी र समर्थकमा घोराहीकै उपप्रमुख हुमा कुमारी डिसी रहेका छन् । उम्मेदवारी दर्ताका लागि कांग्रेस-एमालेका  संयुक्त उम्मेदवारहरू र्‍यालीसहित  निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।  नेकपाका उम्मेदवार भने मनोनयनको तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.