कपिलवस्तुमा लागुऔषधसहित चारजना पक्राउ

कपिलवस्तुमा लागुऔषधसहित चारजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

कपिलवस्तु : प्रहरीले जिल्लाको तीन फरक-फरक स्थानबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले यशोधरा गाउँपालिका -५ मुडिला चोकमा भारतबाट नेपाल तर्फ आउँदै गरेका लु ६१ प ३५७० नम्बरको मोटरसाइकल सवार मायादेवी गाउँपालिका -३ का ३५ वर्षीय अमर नाथ तिवारीलाई लागुऔषध ट्याबलेटसहित पक्राउ गरेको हो । 

प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ७० थान लागुऔषध ट्याबलेट बरामद गरिएको जनाएको छ । यसैगरी शुद्धोधन गाउँपालिका -६ गौरीगंजका २४ वर्षीय अतिकुर रहमानलाई लागुऔषध सहित प्रहरी चौकी हथिहवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका रहमानको साथबाट प्रहरी टोलीले १६ ट्याबलेट लागुऔषध फेला परेको जनाएको छ । 

वाणगंगा नगरपालिका -२ तिनैया बस्ने २३ वर्षीय सुरेश थारु र सोही स्थानका ३१ वर्षीय दानबहादुर चौधरीलाई प्रहरीले लागुऔषध कारोवार गरिरहेको अवस्थामा पक्राउ गरेको छ । सुरेश थारुको घरबाट लागुऔषधको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले  खोजतलास गर्ने कम्रमा २ सय ७० मिलिग्राम लागुऔषध व्राउन सुगर बरामद गरेको छ । 

पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी विशेष अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । यसरी पक्राउ परेका चारजना पछाडि अन्य कारोवारी र लागुऔषध सेवनकर्ताहरूको जालो हुनसक्ने भन्दै त्यसलाई तोड्न जिल्लाभर सघन ढंगबाट प्रहरी परिचालन गरिएको छ,'प्रहरी नायब उपरीक्षक सिंहले भने,'लागुऔषधजस्तो जघन्य अपराधको विषयमा प्रहरीले शून्य सहनशीलता अपनाएको छ ।'
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.