गोठालो गएका २ महिला पहिरोमा पुरिए

गोठालो गएका २ महिला पहिरोमा पुरिए
सुन्नुहोस्

रोल्पा : रोल्पाको सुनछहरी गाउँपालिका-१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला पुरिएका छन्। केही पशुचौपाया पनि पुरिएको आशंका गरिएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासि पहिरो खसेको थियो। पहिरोमा गोठालासहित पशुचौपाया पुरिएका हुन्। गाउँलेका अनुसार गोठाला गएका दुई महिलाको ज्यान गएको छ। स्थानीयले मृतकको परिचय खुलाए पनि प्रहरीले भने सनाखत भइनसकेको जनाएको छ। 

वडाका निवर्तमान अध्यक्ष महावीर रानामगरले दिउँसो २:३० बजे इलाका प्रहरी कार्यालय पोवाङमा घटनाको जानकारी गराएका थिए। त्यसलगत्तै २:३५ बजे प्रहरी वरिष्ठ नायब निरीक्षक सुबिन शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थिए। 

प्रहरीले विवरण संकलन गर्ने क्रममा दिउँसो ४:२० बजेसम्म दुई जना महिला गोठाला पहिरोमा पुरिएको पुष्टि गरेको छ। यद्यपि उनीहरूको परिचय तथा पशुचौपायाको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिल कुमार चौधरीको नेतृत्वमा पाँच सदस्यीय थप प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। प्रहरीले खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.