गोरखाका शंकर सुनारको कुटपिटबाट श्रीमतीको मृत्यु
गोरखा : पालुङटार नगरपालिका-३ बोगटीगाउँका शंकर सुनारको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। सुनारको निर्घात कुटपिटबाट २१ वर्षकी श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
‘शंकर सुनार भन्ने व्यक्तिले बिहान ११:३० श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् भनेर हामीलाई १२:२० बजे हामीलाई सूचना प्राप्त भयो’, प्रहरी निरीक्षक राजन लम्सालले भने, ‘हाम्रो टोली त्यहाँ पुगेर उपचारका लागि आँपपिपल अस्पताल पठायो। अस्पताल पुर्याउँदा दिउसो १:४० बजे चिकित्सकबाट उहाँको मृत्युको घोषणा गर्नुभयो।’
प्रहरीले लासको मुचुल्का गरेर पोष्टमार्टमका लागि प्रदेश अस्पताल गोरखामा पठाएको उनले बताए। कुटपिट गर्ने शंकर सुनार पनि घाइते रहेको र उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !