कांग्रेस विशेष महाधिवेशनमा को को छन् सहभागी?

कांग्रेस विशेष महाधिवेशनमा को को छन् सहभागी?

काठमाडौं : कांग्रेस विशेष महाधिवेशन सुरू भएको छ। आइतबार काठमाडौंको भृकुटीमण्डपमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरेका हुन्।  ​​​उदघाटन भएसँगै विशेष महाधिवेशन औ‍पचारिक रुपमा सुरू भएको छ। 

null

विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन्। त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, पूर्वसभामुख तारानाथ रानाभाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा. डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य र महेन्द्रकुमार राय सहभागी छन्।

null

त्यस्तै चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार,उदय शमशेर राणा,नानु बास्तोला, योगेन्द्र चौधरी र विनोद चौधरी पनि महाधिवेशन स्थलमा आइपुगेका छन् । पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ र सुधीर सिवाकोटी पनि महाधिवेशनमा सहभागी छन्। 

null 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.