जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवनमा जलेको अवस्थामा शव फेला
काभ्रे : जिल्लाको जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनमा जलेको अवस्थामा शव फेला परेको छ।
हाल निर्माणाधीन अवस्थामा रहेको तीन तले भवनको दोस्रो तल्लामा रहेको खुला कोठामा हाल नामथर वतन नखुलेको ४५ वर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको डीएसपी रबिन बिष्टले बताए। जलेको अवस्थामा मानिस रहेको प्राप्त हुनासाथ उक्त स्थानमा घटनास्थल मुचुल्का तथा थप अनुसन्धान भइरहेको बिष्टले बताए।
मृतकको शरीरका विभिन्न भाग जलेको अवस्थामा रहेको र घटनास्थल मुचुल्का गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उक्त भवनको निर्माण कार्य सम्पन्न हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !