अमेरिकासँग राम्रो व्यवहार गर्न इरानलाई ट्र्म्पको चेतावनी
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई राम्रो व्यवहार गर्न चेतावनी दिएका छन्। अमेरिकाले आक्रमण गरे प्रत्याक्रमण गर्ने इरानले चेतावनी दिएको छ नि भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ट्रम्पले राम्रो व्यवहार नगरेकै कारण इरानको आणविक आधार ध्वस्त पारिदिएको बताए।
अमेरिकाले आक्रमण गरे प्रत्याक्रमण गर्ने इरानले चेतावनी दिएको थियो। ट्रम्पले भने,'इरानले प्रत्याक्रमण गर्ने चेतावनी दिएपछि मैले उनीहरूको आणविक आधारहरू ध्वस्त पारिदिएँ, जुन अब उनीहरूसँग छैन। त्यसैले उनीहरूले उचित व्यवहार गर्नुपर्छ।'
अमेरिकी राष्ट्रपतिले इरानमा भइरहेको विरोध प्रदर्शन र त्यहाँका जनताको बारेमा पनि बोलेका छन्। उनले इरानमा प्रजातन्त्र हेर्न चाहेको पनि बताए। ट्रम्पले भने,'हामी मानिसहरू मारिएको चाहँदैनौं। हामी उनीहरूको लागि स्वतन्त्रता चाहन्छौं। उनीहरू लामो समयदेखि नर्कमा बाँचिरहेका छन्।'
उनले थप भनेका छन् ,'मेरा केही साथीहरूले पहिले त्यहाँ लगानी गर्थे र उनीहरूले आफ्नो लगानीबाट राम्रो नाफा कमाउँथे। यो एकदमै राम्रो ठाउँ थियो। त्यहाँका मानिसहरू राम्रा थिए। नेतृत्व पनि राम्रो थियो। तर अहिले त्यहाँ नर्कमा बस्नु जस्तै भएको छ।'
इरानमा डिसेम्बर २८ देखि निरन्तर विरोध प्रदर्शन भइरहेको छ। मुद्रास्फीति र बिग्रँदै गएको अर्थतन्त्रलाई लिएर सुरु भएका यी विरोध प्रदर्शनहरू अहिले हिंसात्मक बनेका छन्।
मानव अधिकार संगठनहरूले यी विरोध प्रदर्शनहरूमा अहिलेसम्म हजारौं मानिसको मृत्यु भएको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !