भैरहवाबाट काठमाडौं उड्न लागेको विमानमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित

भैरहवाबाट काठमाडौं उड्न लागेको विमानमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानको आपतकालिन ढोका एक यात्रुले खोलिदिएपछि उडान प्रभावित भएको छ ।

बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन एएमडी) विमानमा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपतकालिन ढोका खोलेपछि उडान प्रभावित भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

‘उडान भर्नका लागि विमानको इन्जिन अन भइसकेको थियो । त्यही बेला आपतकालिन ढोका खोलिएको पाइलटलाई जानकारी भएपछि उडान रोकिन पुग्यो’,उनले अन्नपूर्ण पोष्ट्सँग भने, कुनै क्षति भएको छैन ।’

आपतकालिन ढोका खोलेका गौतमलाई प्रहरीसमक्ष बुझाइएको उनले बताए । उनका अनुसार विमानको विस्तृत प्राविधिक परिक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली आउन लागेको र परिक्षणपश्चात विमानले उडान भर्नेछ । के कारणले विमानको आपतकालिन ढोका खोले भन्नेबारे खुलेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.