८४ वर्षमा नागरिक बनिन् लालकुमारी !

८४ वर्षमा नागरिक बनिन् लालकुमारी !
सुन्नुहोस्

सिन्धुपाल्चोक : वि.सं. १९९८ साल असोज १६ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाँतीमा जन्मिएकी लालकुमारी श्रेष्ठ ८४ वर्षमा औपचारिक रूपमा नेपाली नागरिक बनेकी छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता प्रदान गरेसँगै उनी नेपाली नागरिक बनेकी हुन्। 

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दिएको नागरिकता ग्रहण गर्दा उनको हात काँपिरहेका थिए। ‘अब त म पनि यो देशको नागरिक भएँ’, उनले आँसु झार्दै भनिन्,‘अब त भत्ता पनि पाइएला।’

नेपाली नागरिकले नैसर्गिक अधिकारका रूपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःखकष्ट झेलेकी लालकुमारीले लामो संघर्षपछि नागरिकता प्राप्त गरेकी हुन्। नागरिकता पाएपछि राज्यका तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्तालगायत सेवासुविधाबाट वञ्चित हुनुपर्ने बाध्यता हटेको छ।

 
६ महिनाकी हुँदा आमा गुमाएकी उनले १५ महिनाकी हुँदा बाबु गुमाएकी थिइन्। २०१८ मा उनको विवाह साँगाचोकका कृष्णबहादुर श्रेष्ठसँग भएको थियो। तर २०३० सालमा उनका श्रीमान् कृष्णबहादुर श्रेष्ठको निधन भयो। 

उनले २०८२ भदौ ३० गते नागरिकताका लागि निवेदन दिएकी थिइन्। तर, अभिलेखमा नाम नदेखिएपछि उनलाई अदालत जान सुझाव दिइयो। सबैको साथ र सहयोगमा उनले नागरिकता प्राप्त गरिन्। 

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले चौतारा साँगाचोकगढी नगरपालिका– १० मा बस्दै आएकी लालकुमारीले वंशजको नागरिकता प्राप्त गरेको बताए। वडाको सिफारिस, प्रहरी रिपोर्ट, समाजका सबै पक्षको सर्जमिनको आधारमा उनलाई नागरिकता प्रदान गरेको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.