कांग्रेस विशेष महाधिवेशनबाट पदाधिकारीमा को को भए चयन? (सूचीसहित)
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ। महाधिवेशन प्रतिनिधिहरूले सर्वसहमति रूपमा थापालाई सभापतिमा चयन गरेको हो।
त्यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ। महामन्त्रीमा भने प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ।
सहमहामन्त्रीमा भने महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली, आदिवासी-जनजातिबाट बहादुर सिंह लामा, खस-आर्यबाट उदय शम्शेर राणा, मधेसीबाट मुक्ताकुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारूबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।
प्रतिक्रिया दिनुहोस !