प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुन्नुहोस्

प्युठान : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार वन डिभिजन कार्यालय प्युठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको नियुक्ति तथा निर्वाचनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण सम्पन्न भएसँगै निर्वाचन सम्पन्न गराउने जिम्मेवारी आफूहरूमा आएको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताए। ‘निर्वाचन आयोगले हामीलाई दुई दिनको प्रदेशस्तरीय अभिमुखीकरण दियो,’ उनले भने, ‘एउटा झोला बाहेक केही दिएन, ऐन–नियमहरू पनि आयोगको वेबसाइटबाट डाउनलोड गरेर अध्ययन गर्दैछौँ।’

५१ प्रतिशत काम निर्वाचन आयोगले सम्पन्न गरेको उल्लेख गर्दै उनले विगतका निर्वाचनहरूको अनुभवका आधारमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गरे। एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा १५८ मतदानस्थल र २३० मतदान केन्द्र रहेका छन्। कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेको प्युठान जिल्लामा करिब १ हजार ५ सय कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालित हुने प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले बताए।

निर्वाचन प्रहरीका लागि समयावधि थप

निर्वाचन प्रहरीका लागि दरखास्त दिने समयावधि थप गरिएको छ। माघ १ गतेसम्मका लागि समय तोकिए पनि आवश्यक मात्रामा दरखास्त नपरेको भन्दै जिल्ला प्रशासन कार्यालय प्युठानले दुई दिन समय थप गरेको हो।

माघ २ र ३ गते सार्वजनिक बिदा भए पनि दरखास्त दिन सकिने प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। प्युठानमा १ हजार ५ सय ३५ जना निर्वाचन प्रहरी भर्ना हुनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.