आगलागी हुँदा ४५ भेडा मरे, गोठालो घाइते

आगलागी हुँदा ४५ भेडा मरे, गोठालो घाइते
सुन्नुहोस्

कालीकोट : कालीकोटको पलाँता गाउँपालिका–४ रिज्यूलेखस्थित भकार लेखमा रहेको भेडी गोठमा आगलागी हुँदा ४५ भेडा मरेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक हिम बहादुर खत्रीले पलाँता–३ का ४९ वर्षीय कृष्णलाल रोकायाका ४५ भेडा मरेको बताए। गोठमा आगलागी गोठालो कृष्णला रोकाया घाइते भएका छन्।

प्रहरीका अनुसार उनका दुवै खुट्टा र ढाड जलेको भए पनि अवस्था खतरामुक्त छ। उनलाई गाउँमै प्राथमिक उपचारपछि धौलागोह स्वास्थ्य चौकी लगिएको छ। आगलागीमा घाइते भएका रोकायाका १९ वर्षीय छोरा धीरेन्द्र साथमा भए पनि उनी बाहिर निस्कन सफल भएकाले सकुशल छन्। 

स्थानीय कुम्भ बुढाको खरले छाएको गोठमा रोकायाले भेडा राख्दै आएको पलाँता गाउँपालिका–३ का वडाअध्यक्ष बाँचे विश्वकर्माले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.