प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउँदै

एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दै

एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दै
फाइल तस्बिर

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको बारेमा छलफल गर्न आज केन्द्रीय सचिवालयको बैठक बोलाइएको एमालेका सचिव राजन भट्टराईले जानकारी दिए। 

उनले अन्नपूर्ण पोस्ट्सँग भने,‘प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारी मनोनयनको दिन नजिकिँदै छ। आजको बैठकमा निर्वाचनको तयारी, प्रचार प्रसार, प्रत्यक्षतर्फका उम्मेदवार, पार्टीको आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ।’ 

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीहरूले सिफारिस गरेका सम्भावित उम्मेदवारहरूको नाममाथि छलफल हुन लागेको छ। निर्वाचन आयोगले माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यतालिका प्रकाशित गरेको छ।

स्रोतका अनुसार हालसम्म अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा केन्द्रमा प्राप्त भएको छ। गत हप्ता बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.