प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै, मन्त्रीहरू पनि सहभागी हुने
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार ४ बजे दुई पक्षबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
बैठकमा मन्त्रीहरूको पनि सहभागिता रहने उनले बताए। बैठकमा निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने बताइएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रधानमन्त्रीसँग निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने बताए।
'फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिताका विषयमा सरकारसँग छलफल हुँदैछ। आयोगका पदाधिकारीहरू त्यसकै निम्ति सिंहदरबार जाँदै हुनुहुन्छ,' अन्नपूर्णसँग उनले भने।
प्रतिक्रिया दिनुहोस !