आफ्नो समूहको भेलालाई शेखरले भने- म सत्यको बाटो हिँडिरहेको छु, विचलित हुन्न

आफ्नो समूहको भेलालाई शेखरले भने- म सत्यको बाटो हिँडिरहेको छु, विचलित हुन्न

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्। मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो भए पनि जित उसैको हुने उनले बताए। 'म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न,' उनले भने।

कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने बताए।

पार्टीको कठिन अवस्थामा कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिएका थिए। छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्योलता रहेको र त्यसको सुनिश्चितता हुनु पर्नेमा जोड दिएका थिए। तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा राखेका थिए।

आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनेसमेत बताएका छन्। कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको जानकारी दिए। उनले नेता कार्यकर्तालाई  पनि सहभागी हुन आह्वान गरे।

उनले निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको बताए। सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा हालसम्म त्यसको प्रत्याभूति नभएको उनको भनाइ छ। 

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने समेत बताए। नेता तथा कार्यकर्तालाई निर्वाचनसँगै १५औं महाधिवेशन को तयारी गर्न र तयारीमा लाग्न निर्देशनसमेत दिएका थिए।

उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.