समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)

समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलबाट पेस भएका समानुपातिक तर्फका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। सार्वजनिक विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख छ।

उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले यही माघ ५ देखि माघ १० गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ। दाबी विरोधका लागि निर्देशिका बमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगका प्रवक्ता भट्टराईले बताए।

सूचीसहित


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.