शक्ति बस्नेतले टिकट पाएपछि सिंहले छाडे पार्टी

शक्ति बस्नेतले टिकट पाएपछि सिंहले छाडे पार्टी
सुन्नुहोस्

जाजरकोट : टिकटको विषयमा असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय आयोजक समिति सदस्य गणेशप्रसाद सिंहले पार्टी छाडेका छन्। 

फागुन २१ गतेका लागि तय भएको  प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले  जाजरकोट क्षेत्र नम्बर १ मा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै सिंहले पार्टी परित्याग गरेका हुन्। उनको पार्टी परित्याग सँगै टिकट विवाद सतहमा आएको हो। सिंहको विद्रोहले बस्नेतलाई समस्या पार्ने देखिएको छ।

सिंहले आइतबार पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पठाएको औपचारिक पत्रमा जाजरकोटबाट उम्मेदवार छनोट गर्दा स्वेच्छाचारी, आदेशात्मक र मालिक–मुखिया प्रवृत्तिको निर्णय लादिएको उल्लेख गरेका छन्। पार्टी एकता घोषणा सभा–सम्मेलन २०८२ कात्तिक १९ गते पारित अन्तरिम विधानको धारा ९९ विपरीत निर्णय गरिएको उनले पत्रमा उल्लेख गरेका छन्।

सिंहले पत्रमा लेखेका छन्, “१० पुसमा सम्पन्न जिल्ला पार्टी जाजरकोटको बैठकमा शक्ति बस्नेतले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट धारणा व्यक्त गरेका थिए।” बैठकपछि जिल्ला पार्टीले सम्मानार्थ रूपमा बस्नेतसहित रामदीप आचार्य, गणेशप्रसाद सिंह, कृष्ण विसी, पार्वती थापा र महेश अधिकारीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर, त्यसपछि भएको केन्द्रीय तहको निर्णयले जिल्ला तहको छलफल र सहमति बेवास्ता गरेको सिंहको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.