बर्दिया १ मा चुनाव नलड्ने वामदेव गौतमको घोषणा

बर्दिया १ मा चुनाव नलड्ने वामदेव गौतमको घोषणा
फाइल तस्बिर

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। बर्दियाको दुवै क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै गौतमले असन्तुष्टिसमेत पोखेका छन्।

उनले बर्दियामा थारू जनघनत्त्व भएकाले सन्तुलन मिलाउनुपर्ने भन्दै उनले संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सम्बोधन गर्दै टिकट फिर्ता दिएको उल्लेख गरेका छन्। 

'बर्दिया थारू जनघनत्व भएको जिल्ला हो। त्यहाँ जस्तोसुकै काम गर्दा पनि सफलताका लागि थारु र गैर  थारु जनमतलाई सन्तलुन मिलाउनु पर्छ भन्ने तपाईँलाई पनि थाहा छ। तर, यस पटक जेनजी आन्दोलनको दुःखद अवस्थालाई समेत बेवास्ता गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले बर्दिया जिल्लाका दुबै निर्बाचन क्षेत्रमा पहाडी मूलका ब्यक्तिलाई  उम्मेद्वार बनाउने निर्णय सही छैन। तसर्थ म वामदेव गौतमले यस्तो अवस्थामा बर्दिया १ नं. क्षेत्रबाट उमेदवारी नदिने  निर्णयमा पुगें। कमरेडहरू तपाईँहरूले दिनु भएको उम्मेदवार बन्ने औपचारिक पत्र फर्काइदिएको छु,' उनले भनेका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीले दिने पार्टी सञ्चालन सम्बन्धी जिम्मेवारी यथावत पूरा गरिरहने उनले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.